१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मला पन्तको तस्वीर


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाउनुभएको छ ।

शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालमार्फत संविधान र निर्मला पन्तको तस्वीर पठाउनुभएको हो ।

गत पुस ५ गते प्रधानमन्त्रीले संविधानमा नभएको धाराको प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गरेको कांग्रेसको आरोप छ । संविधान राम्रोसँग पढ्नको लागि संविधान पठाइएको शर्माले बताउनुभयो ।

यस्तै शुक्रबार धनगढीमा भएको ओलीपक्षीय भेलाको सम्बोधनका क्रममा प्रधानमन्त्री ओली पुगेको कार्यक्रममा निर्मला पन्तलाई न्याय खोई ? लेखेको टिसर्ट लगाएकाहरूलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरुप निर्मला पन्तको तस्वीर पठाइएको हो ।

संविधान र निर्मला पन्तको तस्बिरसहित उहाँले रोगले मरेका राजु सदा र भोकले मरेका सुर्यबहादुर तामाङको तस्वीर पनि पठाउनुभएको छ । उहाँले निर्मला पन्तको बलात्कारी खै प्रधानमन्त्री ज्यू भन्दै प्रश्न पनि गर्नुभएको छ ।

प्रेस युनियनका काठमाडौंका अध्यक्ष दुलालले आइतबार हुलाकमार्फत संविधान र तीनजनाको तस्वीर प्रधानमन्त्रीलाई पठाउने जानकारी दिनुभयो ।