
काठमाडौं । ग्रानाडालाई हराउँदै बार्सिलोना स्पेनिस लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ग्रानाडाको मैदानमा गएराति भएको खेलमा बासिाालेना ४–० ले विजयी भयो । खेलमा बार्सालाई विजयी गराउन लियोनल मेस्सी र एन्टोनियो ग्रेजम्यानले दुई दुई गोल गरे ।
जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ भने १५ खेलबाट ३८ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ ।
ला लिगाअन्तर्गतका अन्य खेलहरुमा भियारियालले सेल्टा भिगोलाई ४–० ले हराउँदा सेभियाले रियाल सोसिडाडलाई ३–२ ले हरायो । रियाल मड्रिडलाई भने ओसासुनाले गोलरहित बराबरीमा रोकेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्