२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ब्राजिलले भारतसंग २० लाख डोज खोप माग्यो


0
Shares

काठमाडौं । कोरोना भाइरसबिरुद्धको खोपको आपतकालिन प्रयोगमा ल्याएसंगै ब्राजिलले भारतसंग २० लाख डोज खोपको माग गरेको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले भारतलाई पत्राचार गरी जतिसक्दो छिटो एस्ट्राजेनेकाको २० लाख डोज खोप उपलब्ध गराउन माग गर्नुभएको हो ।

कोभिड १९ प्रभावित विश्वका राष्ट्रहरुमध्ये दोश्रो स्थानमा रहेको ब्राजिलमा खोप बितरणलाई व्यापक बनाउन खोजिरहेको छ ।

ब्राजिलमा कोरोनाका कारण २ लाख २ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ करोड ७५ हजार ९ सय बढी छ । एजेन्सी