१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


कर्णालीमा आगामी बैसाखमा लगानी सम्मेलन


0
Shares

काठमाडौं । कर्णाली प्रदेशमा आगामी बैसाखमा लगानी सम्मेलनको आयोजना गरिने भएको छ ।

लगानी मैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्था आकर्षण बढाउने उद्देश्यले कर्णाली प्रदेश योजना आयोगको आयोजनामा लगानी सम्मेलनको आयोजना गरिने भएको हो ।

आयोगले हाल परियोजना बैंकको काम गरिरहेको र उक्त कार्य सकिएपछि लगानी सम्मेलन आयोजना गर्नेगरी योजना आयोगले तयारी सुरु गरेको छ ।

गत आर्थिक वर्षदेखि नै प्रदेश सरकारले लगानी सम्मेलन गर्ने योजना बनाएको भए पनि आयोजना गर्न सकेको थिएन ।