
काठमाडौं । आर्सनल, म्यान्चेस्टर युनाईटेड, लेस्टर सिटी र एभर्टन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।
गएराति भएको तेस्रो चरणको खेलमा न्युक्यासल युनाइटेडलाई अतिरिक्त समयमा २–० ले हराउँदै आर्सनलले चौथो चरणमा उक्लिएको हो ।
निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा आर्सनलका लागि एमिले स्मिथ रोवे र पिएर एमरिक औबामायङ्गले एक एक गोल गरेका हुन् ।
गएराति भएको अर्को खेलमा वाट्फोर्डमाथि १–० को जित निकाल्दै म्यान्चेस्टर युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ । खेलमा म्यान्चेस्टरलाई विजयी गराउन स्कट म्याक्टोमेनीले पाँचौ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
एफ.ए कपकै अर्को खेलमा एभर्टनले रोदरह्याम युनाईटेडलाई २–१ ले हराउँदा लेष्टर सिटीले स्टोक सिटीमाथि ४–० को जित निकाल्यो ।
गएराति भएका तेस्रो चरणका अन्य खेलहरुमा विजयी हुँदै नरिच सिटी, नटिङ्घम फरेष्ट, शेफिल्ड युनाईटेड र फुल्हम पनि चौथो चरणमा उक्लिउका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्