
तेह्रथुम । फेदाप गाउँपालिका–१ को वडा कार्यालय भवन ७ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।
२०७० सालमा निलकमल निमार्ण सेवा कम्पनीले निर्माणको जिम्मा पाए पनि काम सम्पन नगरि बिचैमा अलपत्र छाडेको छ ।
ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि काम अघि बढ्न नसकेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले बताउनुभयो । भवन निर्माणको काम तीन वर्ष भित्र सकिसक्नु पर्ने थियो ।
१९ लाखको लगानीमा निमार्ण सुरु भएको भवन अहिले कुखुराको खोरको रुपमा प्रयोग भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्