११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


सरकारलाई घेराबन्दीमा पार्न नेकपाकै साथीहरुले २ सय ८० वटा गुट बैठक गरेः प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दीमा पार्न र सरकारलाई काम गर्न नदिन आफ्नै पार्टीका साथीहरुले लागि परेको बताउनुभयो ।

उहाँले एउटै नेताका कारण ९ महिनामा २ सय ८० वटाब बैठक बसेको खुलाशा गर्नुभयो । राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, वैशाख देखि पुससम्म २ सय ८० वटा बैठक एक नेताको घरमा बसेको पाइयो २५ वटा अन्यत्रै बसेको थाहा भएको छ ।

यसरी घेराबन्दीमा पारेर सरकार गिराउने खेलमा नेकपाकै साथीहरु लागेको उहाँको आरोप छ ।