२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


कलाकार शिवहरि ‘खुराफाति’ लिएर ईमेज टेलिभिजनबाट आउँदैं


0
Shares

काठमाडौं । कलाकार शिवहरि पौडेल ‘खुराफाति’ टेलिफिल्म लिएर दर्शकमाझ आउनु हुने भएको छ । पौडेलेको खुरापाती टेलिफल्म ईमेज टेलिभिजनबाट प्रसारण हुने भएको हो ।

ईमेज टेलिभिजनको एक कार्यक्रममा कुरा गर्दै पौडेलले खुराफाति माघ ७ गतेदेखि प्रत्येक हप्ताको बुधबार राति साँढे ८ बजे देखि ९ बजेसम्म आउने जानकारी दिनुभयो ।

यसअघि युट्युब च्यानलमा आउने कुल बहादुर काका लाई ‘खुराफाति’ नाम दिएर टेलिभिजनबाट प्रसारण गर्न लागेको उहाँले बताउनुभयो ।

खुराफातिमा पुरानादेखि नयाँ कलाकारको अभिनय रहनेछ । खुराफातिको प्रोमो युट्युबबाट सार्वजनिक भैसकेको छ ।(भिडियो हेर्नुहोस्)