
सर्लाही । चिसो र शितलहर बढेसँगै सर्लाहीको जनजीवन प्रभावित भएको छ । बाक्लो मात्रामा हँुस्सु लाग्दा सर्वसाधरण आगो तापेर जाडो छल्न थालेका छन् ।
पुस पहिलो साता जिल्लाको तापक्रम ६ डिग्री सेल्सीयससम्म झरेको थियो । त्यस पछि पारिलो घाम लागेको भए पनि हिजोदेखि बाक्लो हुस्सु लाग्दा जनजिवन प्रभावित भएको हो ।
उत्तरी भेगको तुलनामा सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा बाक्लो हुस्सु लागेको छ । चुरे क्षेत्र तथा लालबन्दी, हरिवन, बागमतीलगायत क्षेत्रमा कम हुस्सु देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्