
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले स्थानीय तहमा पुगेको रकम खर्च हुन नसकेपछि पुँजीगत खर्च बढाउन स्थानीय जनप्रतिनिधीसँग छलफल सुरु गर्नुभएको छ ।
हिजो मन्त्रालयमा नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिलाई स्थानीय तहमा खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गर्नुभयो ।
स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । स्थानीय तहमा कोभिड प्रभावित घरपरिवारलाई सहयोग तथा प्रधानमन्त्री रोगजार कार्यक्रमलाई प्रभावकारी र उत्पादनमुलक बनाउने वातावरण सिर्जना गरि पुँजीगत खर्च बढाउन मन्त्री पौडेलले आग्रह गर्नुभएको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्