
काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी लोकबहादुर शाहीको निधन भएको छ । अखिल नेपाल फुटबल संघका अनुसार दैलेखमा गएराति शाहीको निधन भएको हो ।
विभिन्न रोगबाट पिडित शाही पछिल्लो समय दैलेखस्थित चौरटामा हुनुहुन्थ्यो । पूर्व गोलरक्षक शाहीले सन् १९७९ देखि १९८८ सम्म राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो ।
शाही सन् १९९५ देखि २००२ सम्म अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व महासचिव समेत हुनुहुन्थ्यो । एन्फाबाहेक अन्य विभिन्न खेलकुद संघहरुमा पनि शाही आबद्ध हुनुहुन्थ्यो ।
शाहीले ८० को दशकमा नेपाली राष्ट्रिय टिमको प्रतिनिधित्व गर्नुभएको थियो । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही टिमका सदस्य हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्