
दिवस रिजाल (इमेज)
खोटाङ । खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडक अन्र्तगत महुँरे–बुईपा–राजापानी सडक कालोपत्रेको काम अलपत्र परेको छ । चार बर्ष बितिसक्दासमेत सडकको काम सम्पन्न नहुँदा स्थानीयलाई साँस्ती भएको छ । खोटाङको दिक्तेल र गाईघाटलाई जोड्ने छोटो मार्गकारुपमा रहेको सडक अन्तरर्गत महुरे–फोक्सिङ्टार ४९ किलोमिटर कालोपत्रेको काम अलपत्र परेको छ ।
निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी र देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको चरम ढिलासुस्तीको मार स्थानीयवासीले खेप्नु परेको छ । एक वर्ष भित्र सडक कालोपत्रे गरी सम्बन्धित निकायलाई हस्तानतरण गर्ने भनिएपनि चार वर्ष बितिसक्दा पनि सडक हस्तान्तरण हुन सकेको छैन् ।
हिउँदमा धुलो र बर्खामा हिलोका कारण यात्रा गर्नै सकस हुँदा स्थानीयबासिन्दा आजित भएका छन् । महुरेदेखि राजापानीको सिमपानी २२ किलोमिटर सडक कालोपत्रेको जिम्मा भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार २६ किलोमिटर सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले लिएको छ ।
सम्झौताको म्याद गुज्रिँदा समेत सडक कालोपत्रेको काम सम्पन्न नहुँदा जिल्लाबासी आक्रोसित बनेका छन् । सडक कालोपत्रेको काम ४१ करोड ५० लाख रुपैयाँको लागतमा सम्पन गर्ने गरी ठेक्का लागेको हो । काम नगरेकै कारणले पेस्की रकम बाहेक ६ करोड रुपैयाँ भुत्तानी दिन बाँकी रहेको जनाइएको छ ।
ठेक्का तोड्ने र कालोसूचीमा राखिने भन्दै ठेकेदारलाई पटक पटक पत्रचार गरेपनि अटेर गरेको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले जानकारी दिनुभयो ।
यस्तै, देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक ५५ करोड ८७ लाख रुपैयाँमा २०७७ साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने भनिए पनि कालोपत्रेको काम दसैैं तिहार यता काम ठप्प छ ।
यो सडकमा २० करोड रुपैया ठेकेदार कम्पनीलाई भुक्तानी भई सकेको छ । निर्माण कम्पनिका प्रतिनिधिहरु सम्पर्क विहिन भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भुपेन्द्र राईको भनाइ छ । दितmेल गाइघाट सडक उदयपुरले भने निर्माण भएका अधिकांश संरचना गुणस्तरहीन भएको आरोप लगाएको छ ।
निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको प्रमुख इन्जिनियर खकुरेलले बताउनुभयो । तोकिएको समयमा कार्यसम्पन्न नगरेको भन्दै सञ्चालन वापतको पेश्कि रकम फिर्ता गर्नलाई नेपाल बंगलादेश बैंक लिमिटेड भैंसेपाटी र प्राइम कर्मसियल बैंक लिमीटेड सोह्रखुट्टेलाई पटक पटक पत्राचार गर्दा समेत हालसम्म बैंकले कुनै चासो नदिएको उहाँको आरोप छ ।
निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई झुक्याउने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मूख्य ठेकेदार सम्पर्क वीहिन बनेर बस्ने गरेका छन् ।
सम्बन्धित निकाय र ठेकेदार कम्पनीबीच मिलेमतो हुँदा कालोपत्रे गर्नु पर्ने सडक अलपत्र हुँदा चारबर्षसम्म यहाँका सर्वसाधरण भने टुलुटुलु हेरेर साँस्ती खेपन बाध्य छन् । (भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्