१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनको मूल्य तोलामा ८ सयले घट्यो


0
Shares

gold

काठमाडौं । आइतबार तोलामा रु दुई हजार ३ सय ले ओरालो लागेको सुनको मूल्य सोमबार पुनः रु ८०० ले घटेको छ ।

छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन सोमबारका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी तोलामा रु ४० ले घटेको छ । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।