१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोनाको कलर ट्यून हटाउन माग गर्दै अदालतमा मुद्दा


0
Shares

एजेन्सी । कोरोना भाइरसको खतरालाई मध्यनजर राख्दै भारतमा लकडाउन भयो । लकडाउनसँगै कसैलाइ फोन गर्दा सबैभन्दा पहिला कोरोनाबाट कसरी जाेगिन सकिन्छ भन्ने लागि सन्देश सुन्न पाइन्छ । भारतमा सुरुसुरुमा अरुकै आवाजमा यस्तो किसिमको सन्देश आए पनि अहिले भने बलिउडका दिग्गज कलाकार अभिताभ बच्चनको आवाज सुनिन्छ ।

भारतको राजधानी दिल्लीको उच्च अदालतमा अमिताभ बच्चनको आवाजमा कलर ट्यून हटाउन माग गर्दै रिट दर्ता भएको छ । अभिताभ बच्चनले कलर ट्यूनमा बाेल्नका लागि मोटो रकम लिएको उल्लेख गर्दै दर्ता भएको रिटमा कोरोनाबाट जोगाउन अग्रपंक्तिमा खटिनेहरुको आवाजमा कलर ट्यून राखिनुपर्ने माग गरिएको छ । कोरोनाकालमा समाजको सेवामा लाग्ने व्यक्तिहरुमध्ये कसैको आवाजमा कलर ट्यून राख्नुपर्नेमा राज्यकोषबाट करोडौं रकम खर्चिएर अमिताभ बच्चनलाई दिइएकोमा असन्तुष्टि प्रकट गर्दै रिट दर्ता भएको हो ।

रिटमा कोरोना निर्मुल पार्न फ्रन्टलाइनमा खटिएकाहरुले अभिताभ बच्चनले जस्तो पैसा पनि नलिने उल्लेख गरिएको छ । दिल्लीको उच्च अदालतले यसलाई सुनुवाइका लागि याेग्य भएकाे जनाउँदै सुनुवाइ गर्ने भएको छ । रिटमा १८ जनवरीमा सुनुवाइ हुने भारतीय मिडियाले जनाएका छन् ।

कलर ट्यूनमा कोरोना भाइरसको संक्रमणबाट जोखिन अपनाउनुपर्ने सावधानीका उपायहरु सुनाइएकाे छ । भारत लगायत विश्वभर फैलिएको कोरोना अहिलेसम्म नियन्त्रणमा आएको छैन । कोरोना भाइरसका विरुद्ध विश्वका विभिन्न देशहरुले खोप बनाइरहेका छन् ।

कतिपय देशमा खोप लगाउन सुरु गरिसकिएको छ भने कतिपय देशहरुले अनुमति दिँदै छन् । भारतमा भने कोभिसिल्ड र कोभ्याक्सिन नामक खोप लगाउन अनुमति दिइएकाे छ । केही दिनभित्र त्यहाँ खोप अभियान सुरु हुनेछ ।