१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


डडेल्धुरामा पनि मनाइयाे राष्ट्रिय एकता दिवस


0
Shares

डडेल्धुरा । पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन मनाइने राष्ट्रिय एकता दिवस डडेल्धुरामा पनि मनाइएको छ ।

पश्चिम किल्ला काँगडा सम्म एकीकरणको क्रममा निर्माण भएको ऐतिहासिक र विशाल ढुंगे किल्ला अमरगढीमा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

कार्यक्रमका सहभागीहरूले राज्यको एकीकरणसँगै राजनीतिक एकताको सान्दर्भिकता झनै बढेको बताउँदै राष्ट्रियस्तरमै दिवस मनाउन माग गरेका थिए । कार्यक्रम अमरगढी किल्ला पर्यटन क्षेत्र विकास समितिको आयोजनामा भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बिहान पृथ्वीनायण शाहको सम्झनामा मोटरसाइकल ¥याली निकालेको छ ।