१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘हामी यहाँ छौं’को पोस्टरसहित दाहाल–नेपाल निर्वाचन आयोगमा


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गरेका छन् ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले निर्वाचन आयोगले अहिलेका गतिविधि रोक्नुपर्ने माग गर्दै उनीहरु निर्वाचन आयोग समेत पुगेका छन् । सोमबार निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेरर अध्यक्षद्वय दाहाल र नेपालले प्रमुख निर्वाचन आयुक्त डा. दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउनुभएको छ । दाहाल र नेपाल सहितका नेताहरूले ‘हामी यहाँ छौं’ लेखेको पोस्टर छातीमा टाँसेर निर्वाचन आयोग पुग्नुभएको थियो ।

दाहाल–नेपाल समूहको नेकपाको आइतबार बसेको सचिवालय बैठकले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचनको तयारी गर्दा मुद्दा प्रभावित हुन सक्ने भन्दै आयोगलाई रोक्न आग्रह गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन भएको हो । त्यसपछि ओली समूह र दाहाल–नेपाल समूहले बेग्लाबेग्लै प्रदर्शन र सभाहरु आयोजना गर्दै आइरहेका छन् ।

ओली पक्ष निर्वाचनको पक्षमा हुँदा दाहाल–नेपाल पक्ष भने प्रतिनिनिसभा पुनःस्थापनाको पक्षमा छ । प्रतिनिधिसभा विटघनविरुद्धको मुद्दा सर्वोच्चनको संवैधानिक इजलासमा चलिरहेको छ ।