२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नगरपालिकाद्वारा पाँच कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण


0
Shares

सर्लाही । सर्लाहीमा सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । हरिपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म पढ्ने बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो र शितलहरले विद्यालय जाने उमेरका बालबालिका प्रभावित हुने भएकाले स्वीटर र टोपी वितरण गरिएको नगर शिक्षा शाखा प्रमुख नागेश्वर रायले जानकारी दिनुभयो । नगरभित्र सञ्चालित १५ सामुदायिक विद्यालयका ४ हजार ५ सय २८ बालबालिकालाई कपडा दिइएको हो ।

विद्यार्थी नियमित कक्षामा उपस्थिति दर बढाउन र चिसोबाट समेत बचाउन सकिने भएकाले नगरपालिकाले यस्तो योजना ल्याएको नगर प्रमुख जमरुद्धिन मन्सुरले बताउनु भयो ।