२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


स्टकपोर्ट काउन्टीमाथि वेष्टह्याम युनाइटेड विजयी


0
Shares

एजेन्सी । एफए कप फुटबल अन्तर्गत गएराति भएको खेलमा स्टकपोर्ट काउन्टीविरुद्ध वेष्टह्याम युनाइटेड विजयी भएको छ ।

घरेलु मैदान एज्ले पार्कमा भएको खेलमा स्टकपोर्ट १–० गोलले पराजित भएको हो । तेस्रो राउण्डको खेलमा वेष्ट ह्यामको जितका लागि क्रेग डसनले ८३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यसैबीच एफए कपको चौथो चरणको खेलमा म्यानचेष्टर युनाइटेड र लिभरपुल भिड्ने भएका छन् । गएराति सार्वजनिक ड्रमा दुई शक्तिशाली क्लबबीच भिडन्त हुने भएको हो ।