
भक्तपुर । मोटरसाइकल चोरीमा पटक–पटक संलग्न हुँदै आएको गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्जका २० वर्षीय पप्पु पटेल र धादिङका २५ वर्षीय राजन लामा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
लामाले चलाउँदै आएको बा ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चोरीको मोटरसाइकल भएको खुलेपछि थप अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा ७२ प ७९४९ नम्बरको मोटरसाइकल बरामद गरिएको हो ।
अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटक–पटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ । रासस
प्रतिक्रिया दिनुहोस्