
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले अमेरिकी चर्चित कुटनीतिज्ञ विलियम बारलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन् ।
अमेरिकी सरकारी सेवा र कुटनीतिक क्षेत्रमा राम्रो छवि भएका बार अमेरिकी केन्द्रीय गुप्तचर निकायको निर्देशकको रूपमा नियुक्त हुँदै हुनुहुन्छ ।
आफनो कार्यकालमा बारलाई गुप्तचर निकाय प्रमुखको रूपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकी जनतालाई राहत मिल्ने बाइडेनको विश्वास छ ।
बार सरकारी कर्मचारीका रूपमा झण्डै ३३ बर्ष सेवामा आबद्ध हुनुहुन्छ भने यसअघि रूस र जोर्डनका लागि अमेरिकी राजदूतसमेत भइसक्नु भएको छ ।
बार सन् २०१७ देखि एक वर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत रहनुभएकोमा ट्रम्पप्रति असन्तुष्ट रहेपछी प्रशासनबाट बाहिरिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्