१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भाले बाघ मृत भेटियाे


0
Shares

चितवन । कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।

उहाँका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । साँझ पोष्टमार्टम गरिएसँगै बाघलाई डिभिजन वन कार्यालयकै परिसरमा गाडिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयाे ।

बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै बाघ मर्नुको कारणबारे जानकारी हुने जनाइएकाे छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ । रासस