१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


१ सय ५१ कृष्णसारको मृत्यु


0
Shares

बर्दिया । जिल्लामा चितुवा आक्रमणबाट ५ वर्षको अवधिमा एक सय ५१ कृष्णसारको मृत्यु भएको छ ।

गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा २०७४ सालदेखि चालु आर्थिक वर्षको पुसको पहिलो हप्तासम्ममा चितुवाको आक्रमणबाट एक सय ५१ वटा कृष्णसारको मृत्यु भएको छ ।

५ वर्षको अवधिमा दुई सय ७६ कृष्णसारको मृत्यु भएकोमा चितुवा आक्रमणमा ५५ प्रतिशतको मृत्यु भएको छ । हुँडार, कुकुर, कालगति, बाढी र अन्य कारणबाट एक सय २५ वटा कृष्णसारको मृत्यु भएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

२०७३ सालमा ३९ वटा, ०७४ मा ४३ वटा, ०७५ मा २० वटा, ०७६ मा २९ वटा र ०७७ मा २० वटा कृृष्णसारको मृत्यु भएको संरक्षण क्षेत्रका रेञ्जर मनराज लामा मोक्तानले जानकारी दिनुभयो ।