२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


४ वर्षपछि कतारद्वारा साउदी अरेबियामा उडान


0
Shares

एजेन्सी । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि पहिलो उडान गरेको छ । कतार एयरवेजको एयरवस ए ३५० ले साउदी अरबका लागि पहिलो उडान भरेको हो । यो उडान सन् २०१७ पछी गरिएको पहिलो उडान हो ।

साथै एयरवेजले मंगलबार जेदाहमा उडान गर्ने छ भने आगामी शनिवार दमाममा उडान गर्ने छ । सन् २०१७ मा साउदीले लगाएको नाकाबन्दीसँगै साउदी अरेबियाले कतारसँगको हवाइ सेवामा पनि प्रतिबन्ध लगाएको थियो । यसअघि गत साता साउदी अरेबियाले कतारसँगको सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि कटुतापूर्ण सम्बन्धलाई तोड्दै कतारले सीमा नाकाहरू खुला गर्ने निर्णय गरेको हो । आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै छिमेकी राष्ट्रहरूले सन् २०१७ देखि कतारमाथि नाकाबन्दी लगाएका थिए ।