१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुई दिन घटेको सुनको मूल्य मंगलबार बढ्यो


0
Shares

काठमाडौं । पछिल्लो दुई दिनदेखि लगातार घटिरहेको सुनचाँदीको मूल्य मंगलबार भने बढेको छ ।

मंगलबार सुन तोलामा ६ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको छ । आइतबार २३ सय र सोमबार ८ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय रुपैयाँ निर्धारण हुँदा तेजाबी सुनकाे मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य १ हजार २ सय ५० रुपैयाँमा निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको ९२ हजार २ सय, तेजाबी सुन ९१ हजार ७ सय र चाँदी १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।