२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पीएम कप क्रिकेटका लागि सुदूरपश्चिमद्वारा १४ सदस्यीय टोली घोषणा, को–को परे ?


0
Shares

बैतडी । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट भएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगिता र क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताउनुभयो ।

सन्तोष भट्टको कप्तानीमा छनोट भएको टोलीमा ४ जनालाई वैकल्पिक खेलाडीको रूपमा राखिएको छ । टोलीमा उपकप्तान खड्कबहादुर बोहोरा सहित अरुण ऐरी, गजेन्द्र बोहोरा, सन्जु दमाई, सुरज निर्वा, किरन ठगुन, अर्जन सावद, विनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र सावद र भोजराज भट्ट छन् ।

वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, दिपेन्दसिंह ऐरी, विक्रम थापा र विकाश आग्रीको नाम छ ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अगामी माघ २ गतेदेखि १७ गतेसम्म काठमाडौंमा हुुदैंछ । प्रतियोगितामा ३ विभागीय र सातवटा प्रदेशका गरी जम्मा १० टोली सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेशले पहिलो खेल माघ ५ गते बागमती प्रदेशसँग त्रिवि क्रिकेट मैदानमा खेल्ले छ ।