१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रम्पद्वारा वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउन स्वीकृति


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टन डिसीमा १५ दिन संकटकाल लगाउने मेयरको निर्णयमा हस्ताक्षर गर्दै स्वीकृति दिनुभएको छ । गत हप्ता ट्रम्प समर्थकले क्यापिटल हिल आक्रमण गर्नेबित्तिकै वासिङ्टन शहरका मेयरले शहरमा १५ दिन संकटकाल लगाउने निर्णय गर्नुभएको थियो ।

ट्रम्प समर्थकले संसद भवनमा क्यापिटल हिलमा छिरेर त्यहाँ तोडफोड र आगजनी गरेका थिए । सम्भावित हिंसा भड्किन नदिनको लागि संकटकाल लगाइएको अधिकारीहरुको भनाइ छ । संकटकाल लगाइएसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । घटनामा १ महिलासहित ५ जनाको मृत्यु भएको छ ।

२० जनवरीमा नवनिर्वाचित राष्ट्रपति जाे बाइडनले अमेरिकाको राष्ट्रपतिका रूपमा सपथ ग्रहण गर्नुहुनेछ । डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब मात्र ८ दिन छ । तर, उहाँ राष्ट्रपति हुनु राष्ट्रकै लागि घातक भन्दै सांसदहरू हटाउन लागिरहेका छन् ।

उहाँविरुद्ध मंगलबार महाअभियोग प्रस्ताव दर्ता भइसकेको छ । यसअघि पनि उहाँमाथि महाअभियोग प्रस्ताव दर्ता भएको थियो । संसदको माथिल्लो सदन सिनेटले अस्वीकृत गरिदिएको थियो । अमेरिकामा महाअभियोग प्रस्ताव पास हुनको लागि सिनेटका दुईतिहाइ सांसदले अनुमोदन गर्नुपर्छ ।