१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजार ट्वीटर खाता निलम्बित


0
Shares

us capitol hill attack by trump supporters

एजेन्सी । क्यापिटल हिंसासम्बन्धी पोस्ट सेयर गर्ने ७० हजारभन्दा बढी ट्वीटर ह्याण्डल निलम्बनमा परेका छन् ।

अमेरिकाको राजधानी वासिंटन डिसीमा रहेको संसद भवन क्यापिटल हिलको विषयमा अराजक ट्वीट गर्ने र त्यस्ता ट्वीटलाई सेयर गर्ने ७० हजार खातालाई निलम्बित गरेको हो । ट्वीटरले आफ्नो आधिकारि ह्याण्डलबाट यसको जानकारी दिएको छ ।

अमेरिकाको राजधानी वासिंटनमा हिंसात्मक घटना र नोक्सान बढ्ने खतरा देखेर हिंसा भड्काउने किसिमका ट्वीट गर्ने र रिट्वीट गर्ने ७० हजार खातालाई निलम्बित गरेको एक ब्लगमार्फत जानकारी दिएको छ ।

उसो त ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को ट्वीटर ह्याडल सधैँका लागि बन्द गरिदिएको छ । देशमा हिंसा भड्काउने किसिमका ट्वीटहरु गरेको भन्दै उनको अघिल्लो हप्ता चर्को आलोचना भएको थियो ।