
काठमाडौं । म्यानचेस्टर युनाइटेड जारी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पछि पारेको हो ।
अवे मैदानमा भएको खेलमा ७१ औं मिनेटमा पउल पोग्बाले गोल गरेर म्यान्चेस्टरलाई जित दिलाएका हुन् । जितपछि शीर्ष स्थानमा पुगेको १७ खेलबाट ३६ अंक भएको छ ।
दोस्रो स्थानको लिभरपुलको ३३ अंक छ । गएराति नै भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्