२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी


0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेनले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।

जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ । सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपर र फुल्हमले १–१ गोलको बराबरी खेलेका छन् ।

टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरेको खेलमा फुल्हमका इभाँ क्याभेलेइरोले एक गोल फर्काएपछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । एजेन्सी