२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


माघीका अवसरमा राष्ट्रपति र प्रधानमन्त्री लगायतबाट शुभकमना व्यक्त


0
Shares

kp bidhya

काठमाडौं । नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ ।

नेताहरुले माघे सक्रान्ति पर्वले नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्भााव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराको संरक्षण र सम्वर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपालीबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने नेताहरुले कामना व्यक्त गर्नुभएको छ ।