८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विश्व हिन्दु महासंघका अध्यक्ष भरतकेशर सिंहको निधन


0
Shares

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ ।

सिंहको उपचारकै क्रममा काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो ।

पिसाब सम्बन्धी समस्या र पछि निमोनिया देखिएको भए पनि हृदयाघातका कारण सिंहको निधन भएको बयोधा अस्पतालले जानकारी दिएको छ ।

सिंहको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे अन्तिम श्रद्धाञ्जलीका लागि केहीबेर वनकालीमा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विश्व हिन्दू महासंघले जानकारी दिएको छ ।

आफ्नो जीवनको लामो समय दरबारको सेवामा बिताएका सिंह तत्कालीन राजाका एडीसीसमेत हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहनिकट सिंह नेपाली सेनाका पूर्वउपरथी हुन् ।