
काठमाडौं । काठमाडौंको भद्रकालीस्थित आकाशे पुलमुनि एउटा बस पल्टिएको छ ।
पुरानो बसपार्कबाट चन्द्रागिरि जान लागेको बा ३ ख ४४३७ नम्बरको बस आकाशे पुलमुनि पल्टिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।

घाइते हुनेहरूमा चालक, सहचालक र एक यात्रु छन् । बस पल्टिएपछि केहीबेर उक्त सडक खण्डमा सवारी जाम भएपनि अहिले भने अवस्था सामान्य भइसकेको महाशाखाले जनाएको छ ।
बस कसरी पल्टियो भन्ने कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्