१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसद विघटन सम्बन्धी मुद्दा छिटो फैसला गर्न सर्वोच्चलाई डा. शेखरको आग्रह


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली जनता सर्वोच्च अदालतको फैसला कुरेर बसेको बताउनु भएको छ ।

असंवैधानिक रुपमा गरिएको ‘संसद विघटन सम्बन्धी मुद्दा’मा सबै नेपाली सर्वोच्च अदालतको फैसला कुरेर बसेकाले छिटो फैसला गर्न आग्रह गर्नुभयो । आज ट्विटरमा लेख्दै डा कोइरालाले विद्धान कानुन व्यावसायीहरुलाई छिटो फैसला गराउने तर्फ सहजीकरण गर्न समेत अनुरोध गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

उहाँले लेख्नुभएको छ, ‘समग्र नेपाली जनता असंवैधानिक रुपमा गरिएको ‘संसद बिघटन सम्बन्धि मुद्दा’मा सर्वोच्च अदालतको फैसला कुरेर बसेका छन्। यसको छिटो भन्दा छिटो फैसला हुन जरुरी छ र विद्धान कानुन व्यावसायिहरुले छिटो फैसला गराउँने तर्फ सहजीकरण गर्नुपर्छ।’