७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘परिवर्तनका लागि विवेकशीलता’ विमोचित


0
Shares

काठमाडौं, भदौ ७ । साहित्यकार शेखर ढुंगेलद्वारा लिखित ‘परिवर्तनका लागि विवेकशीलता’ नामक पुस्तकको शनिबार विमोचन गरिएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले सो पुस्तक विमोचन गरे ।

व्यक्तिमा रहेको चेतना र विवेकशीलताको भरपूर प्रयोगबाट उन्नत समाजको निर्माण गर्न पुस्तकले प्रेरित गरेको छ ।

ढुंगेलले विवेकसहितको परिवर्तनले नै समृद्ध समाजको निर्माण गर्न सम्भव हुनेबारे आफूले पुस्तकमा उल्लेख गरेको बताए ।

अमेरिकामा लामो समयसम्म बस्दै आएका लेखक ढुंगेलले नेपालीको मन र भावनालाई समेटेर पुस्तक तयार पारेको बताए ।