१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशत मात्र विकास खर्च


0
Shares

financial controller and financial discipline

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अवधमा विकास खर्च जम्मा १६ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुुसार पुस मसान्तसम्म १४ दशमलव ४ प्रतिशत मात्रै विकास खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा विकास खर्चका लागि ३ खर्ब ५२ अर्ब बजेट छुट्टयाए पनि आर्थिक वर्षको ६ महिनासम्ममा जम्मा ५० अर्ब ८१ करोड मात्रै खर्च भएको छ । यस अवधिमा सरकार विकासको गतिमा अघि बढ्न नसक्दा विकास खर्च अत्यन्तै न्युन भएको हो ।

कोभिड महामारीकै बिचमा पनि विकास निर्माणको काम भइरहेको सरकारले दाबी गरेपनि खर्चको अवस्था भने सुध्रिन सकेको छैन । यस अवधीमा चालु खर्च भने घटेको छैन । यस अवधीमा ३६ प्रतिशत चालु खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा ९ खर्ब ४८ अर्ब रुपैयाँ चालु खर्चका लागि छुट्टयाएको थियो ।

अर्थमन्त्रालयले सुरुवातीका महिनाहरुमा ठेक्का व्यवस्थापनका लागि तयारी गर्नुपर्ने भएकाले र कोभिडका कारण पनि आर्थिक क्रियाकलाप हुन नसक्दा विकास बजेट खर्च हुन नसक्ने बताउँदै आएको छ । यस अवधिमा वित्तिय व्यवस्थातर्फ भने १३ दशमलव ६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

६ महिना ४२ प्रतिशत राजस्व संकलन भएको महालेखाले जनाएको छ । कोभिड महामारीको कारण राजस्व संकलन भने प्रभावित नभएको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । सोही लक्ष्य अनुरुप हालसम्म ४ खर्ब २१ अर्ब रुपैयाँँ राजस्व संकलन भइसकेको छ ।