१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


राष्ट्रिय भूकम्प दिवसको अवसरमा फिदिममा प्रभातफेरी


0
Shares

काठमाडौं । २३ औ राष्ट्रिय भूकम्प दिवसको अवसरमा पाँचथरको फिदिममा प्रभातफेरी निकालिएको छ । भूकम्प सुरक्षा दिवस जिल्ला समारोह समिति पाँचथरको आयोजनामा जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा भूकम्पबाट सतकर्ता अपनाइने विभिन्न प्लेकार्डसहित प्रभातफेरी निकालिएको हो ।

बहुप्रकोपीय विपद्मा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा भन्ने नाराका साथ २३ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो । प्रभातफेरी पछि आयोजित कार्यक्रममा वक्ताहरुले भूकम्पको जोखिममा नेपाल ११ औ स्थानमा रहेकाले पूर्व सतर्कता तथा तयारी अपनाउनु पर्ने बताएका थिए ।