
सुर्खेत । एउटा व्यक्तिको जग्गा अर्को व्यक्तिको नाममा गर्ने मालपोत कार्यालय सुर्खेतमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको वीरेन्द्रनगर–६ मा रहेको सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिई अर्काको नाममा गर्ने काममा सहयोग गरेको आरोपमा नायब सुब्बा विश्वरूप साउद पक्राउ परेका हुन् ।
रावतको नाममा शंकर चोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरक फरक व्यक्तिका नाममा बिक्री भएको खुलेको छ । नासु साउदले सन्तोष ठाकुर नामका व्यक्तिसँगको मिलोमतोमा उक्त काम गरेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्