
सर्लाही । जिल्लाको बागमती नगरपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । झप्सी भीरबाट लड्दा ६५ वर्षीय वृद्ध ६० फिट तल खसेका छन् । मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका–१ का अन्दाजी ६५ वर्षीय ललितबहादुर वाईवा रहेका छन् ।
मादक पदार्थ सेवन गरेका वाईवा भीरबाट लडेर घाईते भएको खबर प्राप्त हुनासाथ स्थानीयको सहयोगमा प्रहरीले उहाँलाई उद्धार गरी उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याइएको थियो ।
उपचारका लागि अस्पताल पुर्याइएको केही समयपछि अस्पताल प्रशासनले वाईवालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ । मृतकको शव नमुना अस्पताल हरिवनमै रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्