
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा साओमी कम्पनीका उत्पादनलाई प्रतिबन्ध लगाउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कम्पनी चाइना नेशनल आफ्सोर ओइल कर्पोरेसन र मोबाइल फोन निर्माता कम्पनी साओमीलाई प्रतिबन्ध लगाउनुभएको हो ।
सत्ता छाड्न ५ दिनमात्र बाँकी छँदा ट्रम्पले चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउने कदममा हस्ताक्षर गर्नुभएको हो । चीनप्रति सधैँ द्वेशपूर्ण भाव राख्ने राष्ट्रपति ट्रम्पले जाँदाजाँदै चीनलाई अर्को झट्का दिएका छन् ।
यहि जनवरी २० तारिखमा राष्ट्रपति ट्रम्पको कार्यकाल सकिँदैछ । जनवरी २१ देखि नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो कार्यभार सम्हाल्दैछन् ।
यसअघि ट्रम्पले चिनियाँ भिडियो एप्लिकेसन टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । कि त अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि त प्रतिबन्ध लगाउने भन्दै ट्रम्पले टिकटक कम्पनीमाथि दबाब बनाएको थियो ।
प्रतिबन्धपछि अमेरिकी वाणिज्य मन्त्रालयलाई चीनबाट प्रतिबन्धित साममग्री आयातमा रोक लगाउन निर्देशन दिइएको छ । राष्ट्रपति ट्रम्पले सुरक्षा खतराको नाममा उक्त प्रतिबन्ध लगाएका हुन् ।
नोभेम्बरमा एपपललाई पछि पार्दै साओमी विश्वको तेश्रो ठूलो स्मार्टफोन कम्पनी बनेको थियो । आफ्नो देशमा साओमी र चिनियाँ कम्पनीले प्रभाव घटाउनका लागि अमेरिकाले चिनियाँ मोबाइल कम्पनीमा प्रतिबन्ध लगाएको हो ।
यस्तै आफ्नो देशको उत्पादन ‘एपपल’लाई माथि देखाउनका लागि पनि अमेरिकाले साओमीलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिबन्ध लगाएसँगै अब चीनमा साओमी कम्पनीका मोबाइल बिक्री गर्न पाइने छैन ।
प्रतिक्रिया दिनुहोस्