१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसीबारे तत्काल निर्णय लिनुपर्नेमा ऊर्जामन्त्रीको जोड, दैनिक १ अर्बको नोक्सान हुने तर्क


0
Shares

काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागू गर्ने–नगर्नेबारे तत्काल निर्णय गर्नुपर्ने बताउनु भएको छ ।

बुटवलमा शुक्रबार आयोजित साक्षात्कारमा उहाँले विद्युत् उत्पादन बढ्दै गए पनि विस्तार गर्न ट्रान्समिसन लाइन नभएकाले एमसीसीबारे निर्णय लिइहाल्नुपर्ने बताउनु भएको हो ।

एमसीसी लागू हुन्छ हुँदैन भनेर कुर्न एक सेकेन्ड पनि फुर्सद नभएको मन्त्री रायमाझीको भनाइ थियो । आउँदो जेठसम्म ६५ मेगावाट विद्युत् बढी हुने भएकाले ट्रान्समिटर लाइन विस्तार नहुँदा त्यसलाई बेच्न सक्ने आधार तयार नभएको उहाँको भनाइ थियो ।

मन्त्री रायमाझीले यसले गर्दा दैनिक एक अर्ब बराबरको नोक्सान हुने तर्क गर्नुभयो । एमसीसी राष्ट्रहितको विपरीत नै छ भने दल, नागरिक समाज एक ठाउँमा उभिएर खारेज गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।