
काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्न अस्वीकार गरेको छ ।
१३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरे पनि संवैधानिक इजलासले अस्वीकार गर्दै संवैधानिक इजलासमार्फत नै रिटको सुनुवाइ हुने आदेश दिएको हो । रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी हुनुहुन्छ ।
बहसका क्रममा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानुनविपरीत रहेको तर्क गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्