
कपिलवस्तु । ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले दुई वर्ष भित्र सबै जनताका घरमा विद्युत पुर्याउने बताउनु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत कपिलवस्तुको शुद्धोधन गाउँपालिका लबनीको सव स्टेशन उद्घाटनका क्रममा उहाँले उक्त दाबी गर्नुभएको हो ।
अहिले ८६ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको दाबी गर्दै उहाँले दुई वर्षमा सबै जनता विद्युतको पहुँचमा हुने बताउनुभयो । विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरका २६ वटा सवस्टेशन निर्माणका क्रममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्