१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संवैधानिक इजलासका न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको शशी श्रेष्ठको दाबी


13
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला सर्वोच्च अदालतका चार न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ ।

संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा अधिवक्ता शशी श्रेष्ठले यसबारे प्रश्न उठाउनु भएको हो । विघटित प्रतिनिधि सभाको सदस्यसमेत रहनुभएकी अधिवक्ता श्रेष्ठले रिट निवेदकको तर्फबाट बोल्दै पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री ओलीलाई भेटेको सुन्नमा आएको बताउनुभयो ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेको सुन्नमा आएको भन्दै ‘न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?’ भनेर प्रश्न गर्नुभयो ।

श्रेष्ठ बोल्दै गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा नगर्नुस् भन्दै रोक्नु भएको थियो । तर श्रेष्ठ रोकिनु भएन । उहाँले भेट आचार संहिता विपरित रहेको भन्दै जनताले न्यायाधीशहरुमाथि प्रश्न उठाओस् भन्नुभयो ।