५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीलाई पार्टीबाट निष्कासन गर्ने


0
Shares

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन गर्ने भएको छ । दाहाल–नेपाल समूहको आज पेरिसडाँडामा बसेको बैठकले पार्टीबाट निष्काशन गर्नका लागि ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यसैगरी महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारबाही गरेकाले उहाँलाई कारबाही गर्ने निर्णय गरेको नेता भीम रावलले बैठकपछि जानकारी दिनुभयो ।

प्रतिनिधि सभा विघटन गरेको भन्दै दाहाल–नेपाल समूहले पुस ७ गते अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई अध्यक्षबाट हटाएको थियो । स्थायी कमिटी बैठकले अन्य पदाधिकारी र सदस्यलाई भने कारबाही गरेको छैन ।

यस्तै बैठकले आगामी माघ १६ गते काठमाडौं हुने राजधानी केन्द्रित प्रदर्शनलाई प्रभावकारी बनाउन आन्तरिक तयारी र जनपरिचालन गर्ने निर्णय गरेको छ । बैठकले आगामी तीन दिनभित्रमा पार्टीका रिक्त पदहरुमा नियुक्ति गर्ने र एकताका बाँकी कामहरुलाई पनि टुंगो लगाउने निर्णय गरेको छ ।