
तस्विर फाइल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब लोकतन्त्र जोगाउन नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
शनिबार दाङको घोराहीमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले लोकतन्त्र रक्षाका लागि लामो समयदेखि संघर्षरत कांग्रेस अब फेरि लोकतन्त्र जोगाउने जिम्मेवारीमा अग्रसर हुने आशा व्यक्त गर्नुभयो ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि सकारात्मक माहोल बनेको भन्दै नेपालले प्रधानमन्त्री केपी ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध संयुक्त रूपमा मिलेर आन्दोलन गर्ने वातावरण निर्माण हुन थालेको बताउनुभयो । कांग्रेस सभापति देउवा आन्दोलनबारे सकारात्मक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्