
फाइल तस्वीर
धनकुटा । गृहमन्त्री एवं नेकपाको ओली पक्षका नेता रामबहादुर थापालाई धनकुटामा विद्यार्थीहरुले कालो झण्डा देखाएका छन् ।
नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनकुटा पुगेका उहाँलाई नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । उनीहरुले गृहमन्त्री थापाविरुद्ध नाराबाजी समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि देशभर गएका ओलीपक्षीय नेता एवं मन्त्रीहरूलाई ठाउँठाउँमा कालो झण्डा देखाइएको छ । केही समयअघि गृहजिल्ला स्याङ्जा पुगेकी मन्त्री पद्मा अर्याललाई पनि नेविसंघका विद्यार्थीले कालोझण्डा देखाएका थिए ।
प्रतिक्रिया दिनुहोस्