६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सर्लाहीका उखु किसानले भुक्तानी पाउन थाले


0
Shares

ukhu kisan

सर्लाही । जिल्लाका उखु किसानले बिक्रि गरेको उखुको भुक्तानी पाउन थालेका छन् ।

सर्लाहीको हरिवनमा सञ्चालित इन्दुशंकर चिनी मिलले गत वर्षको मूल्यलाई आधार मानेर किसानलाई यस वर्ष भुक्तानी दिन सुरु गरेको हो । गत पुष १५ गतेसम्मको उखु खरिद बापतको करिब १२ करोड रुपैयाँ भुक्तानी भइसकेको उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिनुभयो ।

उहाँले सरकारले तोकेको मूल्य भन्दा अहिले भुक्तानी गरिएको मूल्य कम हुन आए पछि थप रकम उपलब्ध गराइने समेत बताउनुभयो । गत वर्ष पुष ६ गतेबाट सञ्चालनमा आएको मिलले माघ २ गतेसम्म करिब सात लाख १६ हजार दुई सय क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ ।