
काठमाडौं । युवायुवतीको विदेश मोह र त्यसले प्रेम सम्बन्धमा निम्त्याएको परिस्थितिलाई विषयवस्तु समेटेर सर्ट मुभी ‘एक लभर’ सार्वजनिक गरिएको छ ।
बिहीबार यूट्यूव च्यानल ‘राम्रो टिभी’मार्फत सर्ट मुभी सार्वजनिक गरिएको हो । रामजी ज्ञवालीको निर्देशन र दुर्गाप्रसाद ज्ञवालीको निमार्णमा तयार भएको ‘एक लभर’ आधा घण्टा लामो छ ।
निर्देशक ज्ञवाली र आर्यन अधिकारीको लेखनमा तयारी चलचित्रमा अभिनेता शाहिल खान, अभिनेत्री अनुपमा भण्डारी, कलाकारहरु राजेश थापा, सायसा बायलकोटी, सरु माझीलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्