१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रतिनिधिसभा पुनःस्थापना हुँदा राजसंस्था फर्कन्छ– गृहमन्त्री थापा


0
Shares

धनकुटा । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु भएको बताउनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देशलाई बचाउनका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो ।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुनःस्थापनाको नारा लिएर हिड्नेहरू पच्छगामी भएको समेत आरोप लगाउनुभयो । राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरू अहिले संसद पुनःस्थापनाको माग गर्दै हिडेको भनाइ छ ।