
काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जुनियरतर्फको वरियताअनुसार दाहाल तेस्रो स्थानमा उक्लिन सफल भए । यसअघिको वरियतामा दाहाल सातौँ स्थानमा रहेका थिए ।
दाहालभन्दा माथि डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर रहेका छन । विश्व वरियतामा डेनमार्कका मुलर शीर्षस्थानमा तथा भारतका कपुर दोस्रो स्थानमा उक्लिएका छन् । यसअघि मुलर पाँचौँ तथा कपुर चौथो स्थानमा थिए । नेपालका जुनियर खेलाडी दाहालको यो अहिलेसम्मको ठूलो सफलता हो ।
नेपाली ब्याडमिन्टनको इतिहासमा दाहालले प्राप्त गरेको यो नै सबैभन्दा ठूलो सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घले विश्वभरका सिनियर र जुनियरतर्फका ब्याडमिन्टन खेलाडीको विश्व वरीयता निर्धारण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्